समय साकोस

हाम्रो बारेमा

हामी

सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, संस्कृती, जातजाति, पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति तथा समुदायलाई एककृत गर्दै स्वाबलम्बी, मितव्ययी, आत्मनिर्भर, सक्षम बनाउन, नियमित रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित निक्षेपलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न शेयरधनी सदस्यलाई प्रेरित गरि सक्षम र जिम्मेवार व्यवसायी बनाई शेयरधनी सदस्यको जीवनस्तर उकास्ने उद्धेश्यले सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय धुलिखेलबाट आ.ब. २०७०⁄०७१ (द.नं.२१९९⁄ ०७०⁄०७१) मा दर्ता भई “हामी छौ, हामी गर्छौ” भन्ने नाराका साथ बि.स.२०७३ साल कात्तिक देखि क्रियाशिल भएको सहकारी संस्था हो । बनेपा, धुलिखेल, पाँचखाल, पनौती न.पा. कार्य क्षेत्र रहको यस संस्थाको प्रधान कार्यालय बनेपा ८ मा रहेको छ । सरल, शुलभ तथा गुणस्तरिय सेवा दिइरहेको यस संस्थाले समुदायमा छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।