समय साकोस

अध्यक्ष्यको भनाइ

समय साकोसको आधिकारीक वेबसाइटमा संस्थाको तर्फबाट यस संस्थाका सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुलाई स्वागत गर्न चाहन्छौ । समय साकोस सहकारीको मुल्य मान्यतालाई अंगाल्दै सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋणको कारोबार गर्न डिभिजन कार्यालयबाट इजाजत प्राप्त संस्था हो ।


समुदायमा छरिएर रहेको पूँजीलाई संकलन गरि सदस्यहरुको वित्तिय आवश्यकता पुरा गरि उनीहरुलाई सबल र सक्षम व्यावसायी बनाउनु यस संस्थाको उद्देश्य रहेको छ ।


सदस्यहरुको सेवा नै हाम्रो प्रमुख लक्ष्य हो । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधि मैत्री बनाउनको लागि आगामी दिनहरुमा प्रयास गर्नेछौ । सदस्य हितको लागि आएका सल्लाह, सुझावलाई कार्यान्वयनका लागि सधै अग्रसर रहने विश्वास दिलाउछौ ।
संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभावहरु सबैलाई धन्यवाद दिन चाहन्छौ ।